काठमाडौं – रूपन्देहीको क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका सत्ता गठबन्धनका राजु गुरुङ, हाम्रो नेपाली पार्टीका कमल भुसाल र स्वतन्त्र उम्मेदवार हिमाल बस्यालको उम्मेदवारी खारेज भएको छ। तीन जनाविरूद्ध निर्वाचन आयोगमा परेको उजुरीमाथि छानबिन गरी उम्मेदवारी खारेज गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका गुरुङ नेकपा एकीकृत समाजवादी, रूपन्देहीका अध्यक्ष हुन्। गुरुङको उम्मेदवारी खारेज भएसँगै एमाले उपाध्यक्ष विष्णु पौडेलविरुद्ध उम्मेदवारी दिएको सत्ता गठबन्धन रुपन्देही क्षेत्र नम्बर २ मा उम्मेदवार विहीन बनेको छ।

निर्वाचन आयोगले एक सूचना जारी गरी अदालतले बैंकिङ कसुरमा जरिवाना गरेकाले गुरुङ उम्मेदवार बन्न अयोग्य भएको ठहर गर्दै उम्मेदवारी खारेज भएको जानकारी दिएको हो।

गुरुङलाई अदालतले बैंकिङ कसुरमा दुई हजार रूपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज गरेको हो।

गुरुङसहित नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भीक चित्रकार खनाल सहितका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जीत विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरूद्ध २०७६साउन ६ गते मुद्दा दर्ता भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय