
गोरखा, ३ भदौ- नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आगामी संघ र प्रदेश सभाको निर्वाचनपछि डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजबादी पार्टीसंग एकता हुने बताएका छन् । नेपाल जेसिजको क्षेत्र ख सम्मेलनको उद्घाटन गर्न आज गोरखा आइपुगेका अध्यक्ष प्रचण्डले पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै निर्वाचनपछि नेसपासंग एकता हुने बताएका हुन् ।
उनले डा. भट्टराई र आफु फेरी एकै ठाउँमा उभिने कुरा निकै महत्वको कुरा रहेको उल्लेख गरे। ‘निर्वाचनमा अब हामीले को कहाँबाट उठ्ने भन्ने टुङ्ग्याएको छैन, अध्यक्ष प्रचण्डले भने, ‘बाबुराम जी र हामी फेरी एक पटक हसियाँ हतौडामा चुनाव लड्ने भइयो, फेरी एकै ठाउँमा उभिने भइयो यो नै बिशेष महत्वको कुरा हो ।’
अध्यक्ष प्रचण्डले चुनावपछि पार्टी एकताको प्रवल सम्भावना रहेको भन्दै नेसपा बाहेकका अन्य कम्युनिष्ट पार्टीहरु बिच पनि एकता हुनसक्ने बताए । ‘एकिकृत समाजबादी पार्टीले पनि एकताका लागि छलफल सुरु गरिसकेको भन्दै उनले सच्चा कम्युनिष्ट पार्टीहरु बिचको एकता सम्भव रहेको बताए ।
अर्को फरक प्रसंगमा अध्यक्ष प्रचण्डले आगामी निर्वाचनमा सत्तारुढ दलहरु बिच गठबन्धन गरेर जाने कुरामा कुनै दुबिधा नरहेको भन्दै दलहरु बिच न्यायोचित हिसावले सिट बाँडफाट समेत हुने बताए ।‘सिट बाँडफाँडका लागि गठित कार्यदलले लगातार काम गरिरहेको छ, उनले भने, ‘कार्यदलमा मिल्ने दिशा तर्फ नै छलफल भइरहेको छ, जटिल समस्या देखा परेको छैन ।’
अध्यक्ष प्रचण्डले केही दिनभित्रै कुन दलले कति सिट प्राप्त गर्ने भन्ने बारेमा टुङगो लाग्ने बताए । सिट संख्या कुन दलले कति पाउने भन्ने बारेमा निर्धारण भएपछि कुन क्षेत्रमा कसले लड्ने भन्ने बिषयमा समेत छिट्टै टुङगो लाग्ने उनको भनाई छ । ‘स्थानीय तहमा जस्तो अन्तिम समयमा सिट बाँडफाँड टुङग्याउने काम यो पटक हुदैन, अध्यक्ष प्रचण्डले भने, ‘हतारो र चटारोमा टुङग्याउने अनि टुङगी सकेपछि आकांक्षीलाई सम्झाउन पनि नभ्याउने अबस्था अहिले हुदैन ।
अध्यक्ष प्रचण्डले केही दिनभित्रै कुन दलले कति सिट प्राप्त गर्ने भन्ने बारेमा टुङगो लाग्ने बताए । सिट संख्या कुन दलले कति पाउने भन्ने बारेमा निर्धारण भएपछि कुन क्षेत्रमा कसले लड्ने भन्ने बिषयमा समेत छिट्टै टुङगो लाग्ने उनको भनाई छ । ‘स्थानीय तहमा जस्तो अन्तिम समयमा सिट बाँडफाँड टुङग्याउने काम यो पटक हुदैन, अध्यक्ष प्रचण्डले भने, ‘हतारो र चटारोमा टुङग्याउने टुङगी सकेपछि आकांक्षीलाई सम्झाउन पनि नभ्याउने अबस्था अहिले हुदैन ।