सत्तारूढ गठबन्धनका दलहरूबीच अर्थमन्त्री जनार्दन शर्मालाई बहिर्गमन गराउनेबारे छलफल हुने भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’ले आफ्नो निवास खुमलटारमा पूर्व स्थायी कमिटीका सदस्यहरू तथा शीर्ष नेताहरु बीचको छलपलद्वारा उचित निष्कर्षमा पुगिने बताएका हुन् ।

अध्यक्ष प्रचण्डको भनाइ उदृत गर्दै छलफलमा उपस्थित एक नेताले भने,‘अर्थमन्त्रीका सम्बन्धमा बाहिर जे जति कुरा आएका छन्, सोहि विषयमा स्थायी कमिटीका सदस्य तथा शीर्ष नेतहरुको छलफलले उचित निर्णय निकाल्ने छ ।’

बजेट निर्माण प्रक्रियामा अनाधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भन्दै शर्मामाथि कारवाही हुनुपर्ने माग उठिरहेको बेला शर्माका कारण पार्टी बदनाम भएको भन्दै अधिकांश पूर्व स्थायी कमिटी सदस्यहरूले राय राख्न थालेपश्चात प्रचण्डले यस विषयमा शीर्ष नेताहरूबीच छलफल गर्ने बताएका हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय