रामेछापमा बा.३ ख ८३९६ नम्बरको बस सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा दुर्घटना भएको छ ।
उक्त बस हिलेदेबीबाट काठमाडौं आउँदै गरेको थियो । बस दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले २५ जना घाइतेहरुलाइ उपचारका लागी धुलिखेल अस्पताल पठाइएको छ । इन्स्पेक्टर नेतृत्वको टोलीले उद्धारकार्य गरिरहेको छ ।










