अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका ४ मा किशोर विनोद शाही मृत फेला प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।

विनोद शाहीको हत्या अभियोगमा नवनिर्वाचित मेयर चलाउनेसहित सात जना प्रकाउ परेका हुन् । नेपाली कांग्रेसबाट मेयरमा विजयी भएकी उनमाथि समेत आरोप लागेपछि प्रहरीले पक्राउ गरेको हो ।

यसअघि ५ जनालाई मात्रै प्रहरीले पक्राउ गरेकोमा शनिबार मेयर चलाउने र नेत्र शाहीलाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विनोद जेठ २१ गते बिहान १० बजे गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय