राष्ट्रिय सभामा आर्थिक विधेयक २०७९ माथिको दफावार छलफल प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले अवरोध गर्दै बहिष्कार गरेका छन्।

अर्थमन्त्री जर्नादन शर्मालाई राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले प्रतिनिधिसभाबाट पारित भएर आएको सन्देशसहितको आर्थिक विधेयक २०७९ माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमाले सांसदहरु उठेर विरोध जनाएका हुन्।

त्‍यसपछि अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिए । उनले अर्थमन्त्री जनार्दन शर्माले राजीनामा नदिएसम्म आर्थिक विधेयक २०७९ माथि छलफलमा सहभागी नहुने बताए। सांसद श्रेष्ठले शर्माले पेश गर्ने प्रस्तावमाथि छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी गराएपछि एमाले सांसदहरु बैठकबाट बाहिर निस्किए ।

यस्तै, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे रोहित निवास पुगेर नेकपा ९एमाले०का अध्यक्ष ओली  सहितका शीर्ष नेताहरुले समवेदना व्यक्त गरेका छन् ।

गत साता उपचारका क्रममा नेमकिपा अध्यक्ष बिजुक्छे पत्नी शोभा प्रधानको निधन भएको थियो । एमाले अध्यक्ष ओली, एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, नेता कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय