सबै माओवादी मिल्नुको विकल्प नरहेको भन्दै नेत्रविक्रम र मोहन वैद्य लगायतका नेताहरूलाई माओवादीमै फर्किन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आग्रह गरेका छन्।

प्रचण्डले बुधबार पार्टी कार्यलय पेरिस डाँडा कोटश्वरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै यस्तो आग्रह गरेका हुन्। उनले जनताको आवाज भनेकै पूर्वमाओवादीहरू सबै एकै ठाउँ रहनु भन्ने रहेकोले जनताको आवाजलाई अनसुनी र अनदेखा गर्न नमिल्ने बताए।

प्रचण्डले भने, ‘सबैतिर एउटै चेतनाको बिस्तार भएको छ । माओवादी सबै एकै ठाउँमा हुनुपर्छ। यो सबैतिर छ, कसैले थेग्न सक्दैन। एकता अपरिहार्य छ। यो जनताको माग हो। जनताको मागलाई अनदेखा र अनसुनी गर्नुहुँदैन। कोही नेताहरूलाई फेरि प्रचण्डकोमा नै जाने भन्ने लाज लाग्न सक्ला। लजाउनु पर्दैन। यो दबाब जनताले दिएका छन्।

त्यसैले सबेले आत्मसमीक्षा गरौँ, एकपटक हामी एकै ठाउँमा उभियौँ मात्रे भने भौतिक शक्तिमा परिवर्तन हुन्छ। कसैले त्यो शक्तिलाई रोक्नै सक्दैन। माओवादी आन्दोलनलाई एकीकृत र केन्द्रीकृत गर्न प्रचण्डबिना सम्भव छैन।’

यसैगरी, उनले माओवादी बाहेकका सच्चा कम्युनिस्ट बाहिर रहेको पनि बताएका छन्। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व नरहने भने एमालेका नेता र कार्यकर्तालाई पनि सँगै समेटेर जान सकिने अध्यक्ष दाहालको भनाइ छ।

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापाप्रति लक्षित गर्दै बाटो छोडेको मान्छेलाई महासचिव र गृहमन्त्री बनाउँदा समेत अहिले अत्तोपत्तो नभएको भन्दै नयाँलाई जिम्मेवारी दिन सोच्नुपर्नेमा जोड दिए।

ेएमालेको मूल नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको बाटोमा हिँडाउन सकिने अध्यक्ष प्रचण्डले बताएका छन् । केपी ओली एमाले नेतृत्वमा हुँदा प्रतिगमन भएको र त्यो नेतृत्व नहुने हो भने हजारौँ कार्यकर्तालाई समाजवादको यात्रामा डोर्‍याउन सकिने पनि बताए।

प्रचण्डले भने, तीन वर्षको अनुभव एमालेभित्रका पनि हजारौँ कार्यकर्ता नेतालाई केन्द्रीकृत गरेर आएका छौं,त्यहाँ बीउ रोपिएको छ, बीउ रोपेर आएका छौं । केही समयपछि त्यो फुल्छ फल्छ ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय