नेकपा एमालेले मेयरको घाँटी समात्न खोजेपछि …
काठमाडौं – नेकपा एमाले स्थानीय तहको निर्वाचनमा हारको पीडा सहन नसकेर विछिप्त भएको छ । यही पीडालाई भुलाउन उनीहरु निर्वाचित मेयरमाथि खनिन थालेका छन् । यसको उदाहारण हो हेटौंडा उपमहानगरपालिका ।
बहुमत कार्यपालिका सदस्य रहेको नेकपा एमालेले मेयरको घाँटी समात्न ९अधिकार खोस्न० खोजेको छ । मेयरको अधिकारी कटौती गर्ने प्रस्ताव असफल भएको छ । उक्त प्रस्तावमा सहमत नजुटेपछि एमालेले कार्यपालिका बैठक नै बहिस्कार गरेको छ ।
नीति तथा कार्यक्रम सम्बन्धी छलफल गर्न बोलाइएको कार्यपालिका बैठकमा एमालेले बैठक सञ्चालन कार्यविधिका केही बुँदा संशोधन गर्नु पर्ने प्रस्ताव गरेको थियो । २९ कार्यपालिका सदस्य मध्ये १८ सदस्य रहेको एमालेले बैठक सञ्चालन कार्यविधि–२०७४ को १५९२९ र १५ ९३० मा रहेको व्यवस्थालाई संसोधन गरिनुपर्ने माग राखेको हो ।

हेटौंडाकी मेयर मिना लामा एकीकृत समाजवादीबाट निर्वाचित भएकी हुन्, तर कार्यपालिकामा एमालेको बहुमत छ । एमालेले ल्याएको संशोधन प्रस्तावले मेयरको अधिकार कटौती गर्ने देखिन्छ । तर एमालेको संशोधनमा मेयर मिना लामासहित अरूले सहमति जनाएन । मेयरको अधिकार कटौती गर्ने प्रयासमा सहमति नजुटेपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले बैठक नै बहिस्कार गरेका छन् ।
एमालेले बैठक बहिस्कार गरेपछि हेटौंडा उपमहानगरपालिकाको कार्यपालिकाले अल्पमतमै आगामी आर्थिक वर्ष २०७९÷८० को नीति, कार्यक्रम तथा बजेट नगर सभामा पेश गर्ने निर्णय गरेको छ । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बैठकमा उपस्थित कार्यपालिका सदस्यहरुले बैठक छाडेर गएपछि उपमहानगरपालिकाका योजना, बजेट, सूचना तथा तथ्यांक महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिनाले प्रस्तुत गरेका नीति, कार्यक्रम तथा बजेटको मस्यौदा छलफलपछि नगरप्रमुख मीनाकुमारी लामाले नगर परिषदमा पेश गर्ने निर्णय गरेको जानकारी दिए ।
नीति, कार्यक्रम तथा बजेट उपमहानगरपालिकाको विषयगत समितिमार्फत आउनुपर्ने प्रक्रियाअनुरुप नल्याइएकोले बिमति जनाउँदै बैठक बहिष्कार गरेको नेकपा एमालेबाट निर्वाचित १० नम्बर वडा अध्यक्ष फुर्वा दोर्जे लामाले जानकारी दिए । साझा डबली बाट









