लेटाङ्ग- नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटीले नव निर्वाचित नगर प्रमुखलाई ५६ बुदे ध्यानाकर्षण पत्र बुझाएको छ। सोमबार माओवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज कृष्ण लम्सालको प्रमुख आतिथ्यता र संघीय निर्वाचन क्षेत्रका संयोजक मौसम लिम्बुको आतिथ्यतामा ज्ञापन पत्र बुझाएको हो।

लेटाङ्ग नगरपालिका भित्रका तमाम समस्याहरुमा स्थानीय सरकारको ध्यान पुगोस भन्ने उदेश्यले ध्यानाकर्षण गरिएको माओवादी नगर कमिटीले जनाएको छ। कमिटीले बुझाएको ध्यानाकर्षण पत्रमा खाने पानीको चर्को महशुल शुल्क घटाउने देखि गरिब बिपन्न नागरिकहरुलाइ घर टहराको ब्यावस्थापन गर्दै नगरलाई समृद्ध पालिका बनाउने अभियानमा लाग्न सुझाब दिएको छ।

नगर भित्र भुमीहिन नागरिकहरुको ब्यावस्थापनका लागि तत्काल भुमी आयोगको काम अगाडि बढाउन र बाटोघाटो सडक निर्माणका कामहरुमा बजेट बिनियोजन गर्न माग गरेको छ। भने खोला ठेक्का पट्टाका प्रक्रियालाई पार्दर्शिक बनाउनु पर्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।
यसैगरी खोला जन्य बस्तु ढुङ्गा, गिटि, बालुवाहरुमा नगर भित्रका बासिन्दाले घर, चर्पी निर्माण गर्दा लगाईने कर समेत खारेज गर्न माग राखेको छ। अनौपचारिक रुपमा संचालित उक्त कार्यक्रममा नगरपालिका प्रशासकीय अधिकृत तथा नगर उप-प्रमुखलाई उक्त ध्यानाकर्षण पत्र नगर कमिटी अध्यक्ष बिनोद नेपालले हस्तान्तरण गरेका थिए।

ध्यानाकर्षण पत्र ग्रहण गर्दै नगर प्रमुख भुपेन्द्र कुमार लावतीले ध्यानाकर्षण पत्रका सबै बुदाहरु सकारात्मक रहेको बताए। ती सबै बुदाहरुलाई यसै आर्थिक बर्शको बजेटमा समेट्न नसके पनि क्रमश कार्यनयनमा ल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन।
उनले भने माओवादी केन्द्रले उठान गरेका सबै मुद्दाहरु जायज छन। जन्ताको पक्षमा रहेको छ। आवस्यकता अनुसार कार्यनयन गर्ने कोसिस गर्ने छु।
-ज्ञापनपत्रको पूर्णपाठ यस्तो छ।















