घटेको भाडादर आजैदेखि लागू हुने विभागले जनाएको छ। विभागका अनुसार यात्रुवाहक सवारीसाधनको भाडा २ प्रतिशतले घटेको छ।

त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.६ र तराईका बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा २.९ प्रतिशतले घटाइएको छ।

इन्धनको बजार मूल्य ५ प्रतिशतले घटबढ भएमा यातायात व्यवस्था विभागले भाडा समायोजन गर्दै आइरहेको छ। सरकारले बिहीबार साँझ पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँले घटाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय