काठमाडौं । संघीय संसदको प्रतिनिधिसभामा देशमा विद्यमान मुल्यबृद्धिका विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल चलिरहेको छ । नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराई प्रस्ताव भएर पेश भएको प्रस्तावमा सांसदहरुले भाग लिईरहेका छन् ।

बहसमा भाग लिने सांसदहरुले महंगी नियन्त्रणका लागि ईन्धन आयातमा रहेको भारतसँगको एकाधिकार तोड्नु पर्ने तर्क गरेका छन् । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले महंगी नियन्त्रणका लागि सरकारले भारतसँगको परनिर्भता तोड्नुपर्ने, विद्युतीय सवारीमा जोड दिनुपर्ने, आयल निगम भित्र रहेको भ्रष्टाचार निर्मम ढंगले नियन्त्रण गर्नुपर्ने लगायतका प्रस्ताव अघि सारे ।

नेकपा एमाले सांसद भीम रावलले पेट्रोलियम पदार्थमा भारतसँगको एकाधिकार तोड्नुपर्ने बताएका छन् ।  जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले भारतसँगको एकाअधिकार तोडेर अन्य देशबाट पनि पेट्रोलियम पदार्थ आयात गर्नुपर्ने बताएका हुन् ।

‘पञ्चायत कालमा पनि खुला बजारबाट बाहिरी देशबाट बच्चा तेल ल्याएर, भारतमा प्रशोधन गरेर नेपालमा सहउत्पादन गरी उपयोग गर्ने गरिएको थियो,’ उनले भने, ‘तत्कालै खृुला बजारबाट कहाँ सस्तो पाइन्छ तेल, त्यो ल्याउनका लागि एउटा देशमाथि निर्भरता होइन, त्यतातर्फ सरकारले तुरुन्तै पाइला चालोस् ।

दैलेखमा पेट्रोलियम पदार्थ उत्खननको कार्य अघि बढाउनुपर्ने भन्दै उनले अनावश्यक बाह्य मूल्यका चाप नियन्त्रण गर्न अन्तर्राष्ट्रिय कानुनअनुसार सिमानाको नियमन गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय