काठमाडौं । स्वतन्त्रबाट उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहले केही दिनअघि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको खुलेको छ ।

मेयरबालेनले सोमवार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहण गरेका हुन् ।प्रतिनिधि सभामा नेकपा एमालेकी सचेतक शान्ता चौधरीले मंगलवार सामाजिक सञ्जाल फेसबूकमार्फत बालेन्द्रले ओलीलाई भेटेको तस्वीर सार्वजनिक गरेकी छन् ।

उनले तस्वीरसँगै लेखेकी छन्, ‘अर्थपूर्ण भेट । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीज्यू र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भेट, ओली निवास, बालकोट, भक्तपुर । फेरि पनि बधाई छ बालेनजी ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय