
काठमाडौँ – भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढेको गाडी दुर्घटनामा परेको छ ।
शुक्रबार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी जावलाखेलमा दुर्घटना भएको हो । टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको थियो । उनको अवस्ता खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।
उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ ।










