चुनाव हारेपछि बौलाए एमाले कार्यकर्ता, रुखमा भोट हालेको भन्दै कांग्रेस नेता माथि निर्घात कुटपिट 
काठमाडौं –
सल्यानमा रुखमा भोट हालेको भन्दै नेकपा एमालेका कार्यकर्ताले नेपाली कांग्रेसका नेता माथि कुटपिट गरेका छन्। ‘रूख’ चुनाव चिन्हमा भोट हालेको आरोपमा सल्यानमा कांग्रेस नेता कुटिएका हुन्।

मध्यरातमा एक जना महिला माथि नेकपा एमालेका कार्यकर्ताले कांग्रेसका नेतामाथि आक्रमण गर्नुको साथै एक महिलामाथि करणीको प्रयाससमेत भएको खुल्न आएको प्रहरीले जनाएको छ।

कुटपिटबाट त्रिवेणी गाउँपालिका वडा नं. २ राधागिटीका ३७ वर्षीय खिमबहादुर पुन घाइते भएका छन्। लाठी प्रहारबाट पुनको टाउको र शरीरमा  घाउखत लागेको छ।

जिल्ला अस्पताल सल्यानको उपचारपछि घाइते पुनलाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा रिफर गरिएको छ।  पुन र उनको परिवारमाथि अनाहकका आक्रमण गर्ने तथा बलात्कारको प्रयास गर्नेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

कुटपिटमा संलग्न रहेको आरोपमा पक्राउ पर्नेमा एमालेका कार्यकर्ताहरू त्रिवेणी–२ राधागुटीका २४ वर्षीय शोबबहादुर पुन, ३० वर्षीय जोगेन्द्र नेपाली, ४५ वर्षीय इन्द्रबहादुर पुन र  एक १६ वर्षीय किशोरलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुमित खड्काले बताए।

त्यस्तै, त्रिवेणी–२ राधागुटीकै २० वर्षीय जीवन नेपालीविरूद्ध भने कुटपिटका साथै जबरजस्ती करणी अभियोगमा मुद्दा दर्ता भएको डिएसपी खड्काले जानकारी दिए। मिडिया डबली बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय