काठमाडौं : निर्वाचन आयोगले ७४९ वटा पालिकामा मतगणना सम्पन्न गरेको छ । आयोगले गत वैशाख ३० गते एकसाथ देशभरका ७५३ वटा पालिकामा निर्वाचन गरेको थियो । अब देशका ४ वटा पालिकाको अन्तिम मतपरिणाम आउन बाँकी रहेको छ ।

आयोगका अनुसार मतगणना सम्पन्न भएका पालिकामा सबैभन्दा बढी प्रमुख तथा अध्यक्ष पद नेपाली कांग्रेसका उम्मेदवारले जितेका छन् । त्यसपछि क्रमसः नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)०, नेपाल, नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले बढी पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

आयोगको पछिल्लो तथ्याङ्कअनुसार मतगणना सम्पन्न भएकामध्ये ३२७ पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । मतगणना भइरहेकामध्ये १ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा कांग्रेसका उम्मेदवारको अग्रता रहेको छ ।

एमालेका उम्मेदवारले हालसम्म २०५ वटा पालिकाको प्रमुख तथा अध्यक्षमा जित निकालेका छन् । निर्वाचितमध्ये ८२ नगरप्रमुख हुन् भने १२३ गाउँपालिका अध्यक्ष रहेको निर्वाचन आयोगले जनाएको छ ।

माओवादी केन्द्रका उम्मेदवार १२१ पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी बनेका छन् । माओवादीले २५ नगरप्रमुख जितेको छ भने ९६ गाउँपालिका अध्यक्ष जितेको हो ।

जसपाले हालसम्म ३० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ ।

नेकपाा एकीकृत समाजवादीले २० वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेको छ । समाजवादीले १ महानगर, एक उपमहानगर र १२ नगरपालिकामा प्रमुख पद जितेको हो भने बाँकी गाउँपालिका अध्यक्ष जितेको हो ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का उम्मेदवारले १६ वटा पालिकाको प्रमुख तथा अध्यक्ष जितेका छन् ।

आयोगका अनुसार अन्य दल र स्वतन्त्र उम्मेदवार ३० वटा पालिकाको प्रमुख तथा अध्यक्षमा विजयी भइसकेका छन् । काठमाडौं महानगरपालिका, त्रिवेणी नगरपालिका, तिलोत्तमा नगरपालिका र बढिगंगा नगरपालिकाको मतगणना जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय