जित्ने मैले नै हो केही घन्टापछि हेरौं,-केशब स्थापित |
​​​​​​​​​काठमाडौँ । काठमाडौं महानगरपालिकाको मतगणनामा सुरुदेखि नै अग्रता लिइरहनुभएका  स्वतन्त्र उम्मेदवार बालेन्द्र साह पछिल्लो पटकको गणनामा कमजोर देखिन सुरु भएको छ । पछिल्ला दुईवटा वडामा त बालेन तेस्रो अवस्थामा देखिनुभएको छ । राेचक कुरा त  काठमाडौंको वडा नं. ७ को पशुपती कलेज र गणेस्थानको वुथमा त ५ हजार ९९ मत गन्दा बालेनले सुन्य मत प्राप्त गरेका छन् । त्यहाँ स्थापीतले ९ सय ३ मत र सिर्जनाले ८ सय ३० मत प्राप्त गर्नूभएको छ ।

​​​​​​​काठमाडों नगरपालिकाको २५ र २७ मा बालेद साह नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा झण्डै दोब्बर मतले कमजोर देखिएका हुन् ।

वडा नम्बर २५ मा साहले ४२ मत ल्याउँदा स्थापितले ७९ मत पाउनुभएको छ । यस्तै उहाँले २७ नम्बर वडामा २४५ मत प्राप्त गर्दा स्थापितले ४७७ मत ल्याउनुभएको छ।

नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले २५ नम्बर वडामा ४१ र २७ नम्बर वडामा ३२८ मत प्राप्त गरेकी छन्। २७ मा उनले स्वतन्त्र उम्मेदवार साहलाई पछाडि पार्नुभएको छ । अहिले वडा नम्बर ६, ७, ८, ९, २५, २६, २७, २९ र ३१ मा गणना भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय