
चितवन – भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले मतान्तर फराकिलो बनाउँदै लगेकी छन् ।
४२ हजार ७५० मत गणना हुँदा रेनुले १६ हजार २३५ मत पाएकी छन् । नेकपा एमालेका विजय सुवेदीले १२ हजार ९७७ मत प्राप्त गरेका छन् । उनीहरुबीच ३२५८ मतान्तर रहेको छ ।
स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ६ हजार ६८७ मत पाएका छन् । उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले १८ हजार ७७६ र राप्रपाकी हिमला गुरुङले १० हजार ४१९ मत ल्याएकी छिन् ।










