
कास्कीः पोखरा महानगरपालिकामा अहिलेसम्म ५२ हजार ८१७ मतगणना भएको छ।
पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार धनराज आचार्यले अग्रता कायमै राखेका छन्।
आचार्यले २१ हजार ८८० मत प्राप्त गर्दै आफ्नो अग्रता बढाएका छन् । भने नेकपा (एमाले) का प्रमुख पदका उम्मेदवार कृष्णबहादुर थापाले १९ हजार ३८८ मत प्राप्त गरेका छन् । आचार्य र थापाबीच २,४९२ मतको अन्तर रहेको छ ।
त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदबार कोपिला रानाभाटले २२ हजार १२२ मतसहित अग्रता लिएकी छन् । एमालेकी मञ्जुदेवी गुरुङ २२ हजार १३१ मतसहित उनलाई पछ्याइरहेकी छन् । रानाभाट र गुरुङबीच ९ मतको अन्तर रहेको छ ।










