जिरी (दोलखा) । दोलखाको शैलुङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रका रिमालबाबु श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका छन् ।

उनी नेकपा एमालेका उम्मेदवार धन बहादुर तामाङलाई ८० मतान्तरले पराजित गर्दै शैलुङ गाउँपालिका प्रमुख बनेका हुन् । रिमालले ४ हजार ९ सय १८ मत प्राप्त गरेका छन् भने तामाङले ४ हजार ८ सय ३० मत पाएका छन् । शैलुङ गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेकी पार्वती कार्की निर्वाचित भएकी छन् । उनी नेपाली कांग्रेसका दावादोर्जे लामालाई पराजित गर्दै पालिका उपाध्यक्षमा विजयी भएकी हुन् । उपाध्यक्ष कार्कीले ५ हजार १ सय ३५ मत प्राप्त गर्दा शेर्पाले ४ हजार ७ सय ४१ मत पाएका छन् । शैलुङमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय