शङ्कर पोखरेल पुनः मुख्यमन्त्रीमा नियुक्त - NepalKhoj
काठमाडाै‌ं, ३ जेठ- नेकपा एमालेका महासचिव शंकर पाेखरेलले स्थानीय तह निर्वाचनमा एमालेलाई समाप्त पार्ने सत्‍ता गठबन्धनकाे प्रयास पूर्ण रुपमा असफल पारिदिएकाे बताएका छन् । तर, अपेक्षा गरेजस्ताे परिणाम भने प्राप्त नभएकाे बताए ।

दलीय प्रतिस्पर्धा भएकाे भए देशमा एमाले सर्वाधिक लाेकप्रिय पार्टीकाे रुपमा स्थापित हुने जनमतले प्रकट गरेकाे उनकाे तर्क छ ।

निर्वाचनकाे प्रारम्भिक चरणमै प्रहरी र कर्मचारी खटाउँदै सेटिङ  गरेकाे आराेप पनि महासचिव पाेखरेलले लगाए  । परिणाम आएपछि एमालेले  टिप्पणी नगरेकाे रुपमा चर्चा भएकाे भन्दै उनले त्यसकाे खण्डन गरे ।

परिणाम आउनुअघि देखि नै एमालेले सरकारलाई खबरदारी गरेकाे म‌ंगलबार आयाेजित मदन-आश्रित स्मृति दिवसमा भने।

उनले गठबन्धन दलका कार्यकर्ताहरूले एमाले कार्यकर्ताहरूमाथि आक्रमण गरेकाे पनि आराेप लगाए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय