सङ्गठन पुर्नगठनतिर माओवादी केन्द्र | Nagarik News - Nepal Republic Media
मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी माओवादी र नेत्र विक्रम चन्द विप्लवको पार्टी नेकपा परित्याग गरि एक दर्जन नेता-कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

क्रान्तिकारी माओवादीको नेतृत्व तहमा रहेका वरिष्ठ साहित्यकार इश्वरचन्द्र ज्ञवाली र मजदुर नेता बद्री बजगाईको नेतृत्वमा दर्जनौं नेता कार्यकर्ताहरु आज माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटार पुगेर पार्टी प्रवेश गरेका हुन्।

पुरानै घर फर्कन पाउँदा आफू हर्षित भएको भन्दै नेता तथा साहित्यकार ज्ञवालीले माओवादी पार्टी, आन्दोलन र क्रान्तिको नेतृत्व प्रचण्डबाट मात्रै सम्भव देखेकाले आफूहरुले माओवादी केन्द्र रोजेको बताए ।

काठमाडौंका स्थायी बासिन्दा ज्ञवाली विश्वविद्यालयको प्राध्यापन छाडेर माओवादी जनयुद्धमा सामेल भएका थिए । उनले थुप्रै साहित्यहरु रचना गर्नुका साथै अनुवाद र समालोचना समेत गरेका छन् । उनले माओवादी जनयुद्धकालमा सञ्चालित रेडियो जनगणतन्त्र नेपालमा समेत नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।

त्यसैगरी काठमाडौंकै स्थायी बासिन्दा रहेका मजदूर नेता बद्री बजगाई पनि माओवादी आन्दोलनका स्थापित नेता हुन् । उनी माओवादीभित्र बैचारिक र बौद्धीक नेताको रुपमा चिनिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय