गोरखामा कांग्रेस र माओवादीबीच मात्र चुनावी तालमेल हुने खबरले एस र जसपामा मच्चियो खैलाबैला
गोरखा-
स्थानीय निर्वाचनमा पाँच दलिय गठवन्धनले गर्ने निर्णय गरेपनि केही स्थानीय तहमा भने गठबन्धन नहुने भएको छ । पाँच दलिय नभएर कुनै ठाउँमा दुई दलिय गठबन्धन मात्रै गरेर स्थानिय निर्वाचन लड्ने योजना नै बनेको छ । गोरखामा कांग्रेस र माओवादीबीच मात्र चुनावी तालमेल हुने भएको छ। चार दलीय संयन्त्रको बैठक भाँडिएलगत्तै दुई पार्टीको बैठकले तालमेल गर्ने निर्णय गरेका हुन् ।
अपरान्ह सम्पन्न दुई दलको बैठकले यहाँका ११ मध्ये कांग्रेसले सात पालिका र माओवादी केन्द्रले चार पालिकाको प्रमुख लिने गरी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। कांग्रेसले गोरखा नगरपालिका, गण्डकी गाउँपालिका, भीमसेन थापा गाउँपालिका, आरुघाट गाउँपालिका, धार्चे गाउँपालिका, अजिरकोट गाउँपालिका र सिरानचोक गाउँपालिकामा अध्यक्ष लिने सहमति भएको छ। माओवादी केन्द्रले पालुङटार नगरपालिका, चुमनुब्री गाउँपालिका र यसअघि जितेको बारपाक सुलिकोट गाउँपालिका र शहीदलखन गाउँपालिका लिने निर्णय भएको छ।

वडाको हकमा पनि यसअघि जितेको वडा यथावत लिने र बाँकी बाँडफाँड गर्ने सहमति दुईदलका नेताहरुबीच भएको छ। यसअघि गठबन्धन दल जनता समाजवादी र एकीकृत समाजवादीसहितको बैठकमा दलहरु सिट बाँडफाँडमा सहमति जुट्न सकेको थिएन। जसपाले एउटा नगरपालिकासहित दुईवटा पालिका दावी गरेपछि बैठक भाँडिएको थियो।

बैठकमा कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, जिल्ला सभापति नन्दप्रसाद न्यौपाने, केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठ, अब्दुल सतार, पूर्वकेन्द्रीय सदस्य कमला पन्त सहभागी थिए भने माओवादी केन्द्रबाट जिल्ला इन्चार्ज कृष्ण धिताल, जिल्ला अध्यक्ष लेखबहादुर थापा, केन्द्रीय सदस्य अमर तमु, सुशीला सिंखडा सहभागी थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय