काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
आज सिंहदरवारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा उनीहरुबीच भेटवार्ता भएको हो । स्थानीय तहको निर्वाचनमा तालमेलको विषयमा उनीहरुबीच छलफल भएको स्रोतले जनाएको छ।
आजै सत्तारूढ गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बसेको थियो । सो बैठकमा भोलिसम्म महानगर–उपमहानगरबारे टुंगो लगाउन समझदारी भएको थियो ।
गठबन्धनको बैठकलगत्तै अध्यक्ष प्रचण्डले डा.भट्टराई र यादवलाई भेट्नुलाई महत्वकासाथ हेरिएको छ ।










