लहान/चैत २९गते। सिरहाको सुखीपुर नगरपालिका वडा नम्बर ८ रामजानकी मन्दिरको प्राङ्गणमा सोमबार सुखीपुर नगरपालिकाको पाँचौं स्थापना दिवसको अवसरमा समाजसेवी लोकप्रिय युवा नेता वि.पी भुवन यादवद्वारा गायत्री संकल्प महायज्ञ आफू नगर प्रमुख भए भ्रष्टाचार नगर्ने संकल्प लिइएका छन।
नगरको पाँचौं स्थापना दिवसको अवसरमा तत्कालीन सुखीपुर नगरपालिका बचाऊ संधर्ष समितिका आयोजनामा “भ्रष्टाचार मुक्त नगर – समृद्ध नगर बनाउने गायत्री संकल्प महायज्ञद्वारा संकल्प लिइएको बताइएको छ। युवा नेता वि.पी भुवन यादवका अनुसार आफु तत्कालीन सुखीपुर नगरपालिका बचाउ अभियानका संयोजक रहेको बेला स्थानीय र आफु आन्दोलन पश्चात सखीपुर नगरपालिकालाई नगरपालिका राख्न धेरै परिश्रमपश्चात गर्न परेको बताए ।
सुखीपुर नगरपालिकामा बढ्दो बेतिथि विरुद्ध नेता यादवले आवाज उठाइएको कुरा सर्वविदित्तै रहेको बताए । जस्तै दिवाखाजा, नगर स्थापना कालमा राजमार्गमा चक्काजाम, अन्सन्न आदिले गर्दा अहिले सुखीपुर नगरपालिका स्थापना भएको नेता यादवले दाबीले दाबी गरेका छन। वहाँका अनुसार यदि आफू नगर प्रमुखको रुपमा आए सुन्दर नगर समृद्ध नगर बनाउने उदेश्य राखेको बताए ।
योसँगै भ्रष्टाचार मुक्त नगर – समृद्ध नगर बनाउने उदेश्य बोकेर चुनावी मैदानमा उत्रिएको बताए ।








