लेटाङ्ग- नेकपा माओवादी केन्द्र लेटाङ-३ नम्बर वडा कमिटी सचिबमा फस्ट बहादुर राई सर्बसम्मत चयन भएका छन।

गत अधिबेशनमा स्थगित भएको कमिटी पदाधिकारी लाई शुक्रबार बसेको वडा कमिटीले राई लाई सचिबमा चयन गर्दै कमिटीलाई पुर्णता दिएको छ।

नेकपा माओवादी केन्द्र निर्वाचन क्षेत्र संयोजक तथा जिल्ला कमिटी सदस्य मौसम लिम्बू र जिल्ला कमिटी सदस्य अर्जुल लिम्बुको आतिथ्यतामा वडा कमिटी बैठक बसेको हो।

त्यसैगरी आगामी बैशाख-३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचन बारे पनि ३ नम्बर वडाले छलफल गरेको छ। माओवादी केन्द्र लेटाङ्ग नगरले निर्वाचन तालमेल तथा चुनाबी गठबन्धन गर्ने बारे वडा स्तर बाटै सुझाब मागेको थियो।

भने वडा स्तरका पदाधिकारी तथा कार्यकर्ताहरुले सुझाब दिएका थिए। निर्वाचन तलामेल र चुनावी गठबन्धन बारे वडा कमिटीले पार्टीगत लाभको मध्यनजर गरि गठबन्धन र तालमेल गर्न कार्यदल लाई प्रस्ताव गरेको छ।

गठबन्धन र चुनावी तालमेल बारे कार्यदल सदस्य तथा निर्वाचन क्षेत्र संयोजक लिम्बुले सम्मान जनक तरिकाले पदिय भागबन्डा भए मात्र तालमेल गर्ने नभए एक्लै चुनाब भिडने बताए।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय