काठमाडौं – एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयप्रति आपत्ति जनाउँदै माओवादी केन्द्र परित्याग गर्ने महात्तरीका नेताहरु पुनः पार्टीमा फर्किएका छन् । एमसीसी अनुमोदनप्रति आपत्ति जनाउँदै माओवादी केन्द्रका महात्तरी संयोजकसहित प्रदेशस्तरीय आधा दर्जन नेताले पार्टी छाड्का थिए ।

माओवादी केन्द्रकै पहलमा ‘व्याख्यात्मक घोषणा’सहित संसदबाट एमसीसी पारित भएको थियो । तर, उक्त कदमप्रति माओवादीभित्र तिव्र असन्तुष्टि देखिएको छ ।

यसबीच माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले एमसीसीका विषयमा पार्टीभित्र उठेका मतभेदहरुलाई समाधान गर्न बेग्लै फोरम सञ्चालन गर्ने निर्णय गरेको छ । केन्द्रले एमसीसीको विषयमा फोरम सञ्चालन गर्न निर्णय गरेसँगै महोत्तरीका नेताहरु पुनः पार्टीमा फर्किन सहमत भएका हुन् ।

प्रदेश २ का प्रदेश इन्चार्ज गणेश शाहले सबै नेताहरु पार्टीमा फर्किसकेको बताए । उनका अनुसार नेताहरु साबिककै जिम्मेवारीमा क्रियाशिल भइसकेका छन् ।

एमसीसी अनुमोदनप्रति आपत्ति जनाउँदै माओवादीको महोत्तरीका नेताहरु तुलसी ढुङ्गना, रामबहादुर राणा, वैधनाथ यादव, राजन ढुङ्गना, उर्मिला कार्कीलगायतले पार्टी परित्याग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय