लेटाङ- नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटी द्वारा आयोजित चुनाबी प्रसिक्षण कार्यक्रम सम्पन्न भएको छ। सोमबार दिउँसो १२ बजे त्रीबेणी बन उपभोक्ता समुहको सभाहलमा आयोजित उक्त कार्यक्रमका सभापती नगर पार्टी अध्यक्ष बिनोद नेपाल रहेका थिए। भने प्रमुख अतिथि पुर्ब सम्विधान सभा सदस्य तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भण्डारी “सुदर्शन” रहनु भएको थियो।

विशेष अतिथिमा १ नम्बर प्रदेश कमिटीका सचीव गणेश उप्रेती “सुशील” जिल्ला समन्वय समिति संयोजक बिजय बिश्वास,प्रदेश कमिटी सदस्य तथा नगर इन्चार्ज कृष्ण लम्साल “अनन्त” रहनु भएको थियो। यसैगरी अतिथिमा प्रदेश सल्लाहकार सदस्य डिल्ली मान तामाङ, हस्त बहादुर राई, जिल्ला समन्वय समिति सदस्य भुपेश लिम्बू, मौसम लिम्बू, गोपाल नेपाली, अर्जुन लिम्बू”दीप” र अखिल नेपाल शिक्षक संगठनका सदस्य भुमिका बुर्जा मगर रहनु भएको थियो। प्रसिक्षण कार्यक्रमलाई नगर पार्टी सचिब भवानी लिम्बुले संचालन गरेका थिए।

-नैतिक तागत छ भने त्यो माओवादी सङ मात्र छ।
नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटी द्वारा आयोजित चुनाबी प्रशिक्षण कार्यक्रम लाई सम्बोधन गर्दै विशेष अतिथि गणेश उप्रेती “सुशिल”ले राजनीतिक नैतिकता छ भने त्यो माओवादी सङ मात्र भएको दाबि गरेका छन्। त्यसैगरी माओवादीको ठूलो त्याग तपस्या र हजारौं सहिदहरुले रगत बगाएर भएको उपलब्धि लाई सरक्षण गर्नु सवै माओवादीहरुको दावित्व रहेको बताए।

उप्रेतीले भने माओवादी भन्दा चौगुना काङ्ग्रेस र एमालेले मुलुक बिगारेको छन। कांग्रेस र एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको अख्तियारमा सबै भन्दा धेरै रकम बेरुजु र घोटालाका मुद्दाहरु छन्। तर माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरुको घोटाला र बेरुजुका कुनै मुद्धा नभएको बताए। नीतिगत भ्रस्टाचारमा डुबेका त्यस्ताहरुको बिरुद्ध माओवादीले अब निगरानी राख्नुपर्ने समेत बताए।

ब्यावस्था परिवर्तनमा माओवादीले खेलेको ठूलो भुमिका र त्यागलाई रक्षा गर्नु पर्ने उनको भनाई थियो। त्यसैगरी यो स्थानीय चुनाब माओवादीको लडाई भएकोले जसरी पनि नतिजा आफ्नो पोल्टामा पारेर नव उद्दारबादी, संसोधन बादी र पुजीवादी दलालहरुको हातबाट यो मुलुकलाई मुक्त गर्नुपर्ने आसय ब्यक्त गरे। उनले भने मुलुकमा शान्ति स्थापना र अमन चयनको भूमिका खेलेको माओवादीले मात्र अब गरिब,मजदुर,पिछडीएका,महिला र किशानका मुद्धा लाई हेर्ने बताए, अन्यथा कांग्रेश र एमाले सोसक र सामन्ती चिन्तनले गर्दा माओवादी आन्दोलन लाइ समेत धक्का पुग्छ।

यसकारण बेलैमा सोच बिचार लाई परिवर्तन गरेर सुसाशन सहित समाज निर्माणको अभियानमा लागेको माओवादी लाई मतदान गर्नुपर्छ उनले भने।

-केपि ओलि दक्षिणपन्थी भएर चिन सङको बिआरआई सम्झौताले गति लिएन
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य सुदर्शनले तत्कालीन नेकपा बाट निर्वाचित भएपछि केपि शर्मा ओलि दोस्रो पटकको प्रधानमन्त्री हुदा एमसिसी पास गर्ने तिर लागेर चिन सङको सम्झौता ओझेलमा परेको बताएका छन्।

माओवादीलाई जसरी हुन्छ सक्नुपर्छ भन्ने मानसिक्ता बोकेका ओलिकै कारण नेकपा बिभाजनको साघारमा पुगेको उनले बताए। माओवादीले ओलिका एक पछि अर्का योजनाहरु असफल गर्दै गएपछि अहिले ओलिले माओवादीको सत्तोसराप गर्दै हिडेका पनि बताएका छन।

“माओवादीले लडेर ल्याएको अधिकार” लाई जन्तालाई भन्न नसक्दा माओवादी आन्दोलन कम्जोर बनेको बताएका छन।२०६२/६३ को जन आन्दोलन, संघीय सम्रचना, गाउँ गाउँमा सिंहदरबारको अधिकार पनि माओवादीकै त्याग द्वारा प्राप्त भएको बताए। त्यसैगरि ब्यावस्था बदल्न माओवादीले त्याग गर्यो लड्यो, तर अहिले सम्म पनि जन्ताको जन स्तरमा सुधार नभएको प्रती गुनासो ब्यक्त गरे।यसकारण अबको स्थानीय चुनाब प्रतिगमनकारी शक्तिहरु लाई परास्त गर्न युद्ध स्तरले गाउँ पसेर आफ्ना एजेन्डा जनतालाई बुझाउन आग्रह गरेका छन्।

अब समृद्ध समाजको परिकल्पना सहित माओवादीले यो चुनाबलाई युद्धको रुपमा लिनुपर्ने उनले बताए। यसैगरी भारत निर्भर मुलुक नेपाल भएको भनेर माओवादीकै पहलमा चिन सङ ५ ओटा नाका खोलेको समेत स्मरण गर्नु गरे। तर ओलिको त्यता तिर ध्यान गएन”उनले भने” त्यसैगरी एमसिसी बारे बोल्दै भने” जस्ताको त्यस्तै एमसिसी पास गर्ने ओलिको योजना थियो। यो कार्यनयन हुन नदिने माओवादी केन्द्रनै हो।

माओवादीले ११ बुदे ब्याख्यात्मक बुदा सहित पास गर्ने पक्षमा माओवादी थियो र कार्यन्वयन भयो। तर माओवादीका केही नेता कार्यकर्ताहरुमा बुझाईको कमिले गर्दा एमसिसिकै कारण फेसबुक स्टाटसमा पार्टीबाट राजिनामा दिने र एमालेमा प्रबेश गर्ने लहर चलेको छ।त्यो परिपाटी बिलकुलै गलत छ।”सुदर्शनले भने”

एमसिसि जस्ताको त्यस्तै पास गर्न खोज्ने एमाले र ओलि क्रान्तिकारी र नेपालको ब्यावस्थालाई बचाउन ११ बुदे सम्सोधन सहित एमसिसी पास गर्ने पक्षमा रहेको माओवादीमा खराबी कसरी भयो? हाम्रो बुझाई प्रती प्रश्न उठ्छ।”उनले थपे”।

-अग्रज बामपन्थी नेतालाई समान

तत्कालिन भोगटेनी गाबिसका उपाध्यक्ष डिल्लीमान तामांग लाई माओवादी केन्द्र लेटाङ नगर कमिटीले अग्रज बामपन्थी नेताको रुपमा सम्मान गरेको छ। माओवादी केन्द्रको चुनाबी प्रसिक्षणका प्रमुख प्रशिक्षक हेमराज भण्डारीको हातबाट सम्मान पत्र तथा दोसल्ला अर्पण गरेर सम्मान गरेको हो।

तामांग नेकपा एमाले बाट निर्वाचित तत्कालिन भोगटेनी गाबिसका उपाध्यक्ष समेत हुन्। भने हाल नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेश कमिटिका सल्लाकार समेत हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय