बिनोद निगम / १२ चैत / नवलपरासी
जिल्ला प्रशासन कार्यालय नवलपरासी पश्चिमले जिल्लाभित्र रहेका हतियार प्रशासनमा बुझाउन आग्रह गरेको छ ।
जिल्ला सुरक्षा समितिको शुक्रबार भएको निणर्यमा जिल्लाभित्र राखिएका हतियार चैत मसान्तसम्म सम्बन्धित निकायमा बुझाउन आग्रह गरिएको हो ।
सूचना प्रकाशित गरिएको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेले जानकारी दिनु भएको हो । बिज्ञप्तीमा २०७९ बैशाख ३० गते हुने निर्वाचनलाई भरपर्दो र बिश्वसनीय बनाउन गृह मन्त्रालयको प्राप्त पत्रअनुसार जिल्ला भित्र रहेका ईजाजत प्राप्त हतियार चैत अन्तिमसम्ममा नजिकको प्रहरी ईकाइ बुझाउन अनुरोध गरिएको छ ।








