लेटाङ- लेटाङमा शिक्षकले विद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा भएको झडपमा परि गंभिर घाइते रहेकी महिला प्रहरी उर्मिला श्रेष्ठकाे मृत्यु भएकाे छ । मोरङ लेटाङमा शिक्षकले बिद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा भएको झडप हुँदा उर्मिला श्रेष्ठकाे उपचारकाे क्रममा मृत्यू भएकाे प्रहरीले जनाएकाे छ  । उनको घाँटीमा धारिलो हतियार प्रहार भएको थियो । श्रेष्ठलाइ
विराटनगर स्थित कोशी अस्पताल लैजाने क्रममा बीच बाटोमै मृत्यु  भएकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसएसपी नविनराज राईले बताए ।

लेटाङ नगरपालिका– ५ को शिक्षा विकास माध्यमिक विद्यालयका शिक्षक मनोज पौडेलले  कक्षा ७ मा पढ्ने बालिकामाथि घरमै गएर करणीको प्रयास गरेका थिए । पौडेललाई पक्राउ गर्न गएकाे प्रहरी टोलीमाथि आक्रमण भएको हो ।  स्थानीय प्रहरीले आरोपीलाई नियन्त्रणमा लिएपछि अचानक आएको भिडले सुरक्षाकर्मीमाथि आक्रमण गरेको हो । ती महिला प्रहरीको घाँटीमा गंभिर चोट लागेको थियाे । उनको अवस्था नाजुक रहेको स्रोतको भनाई छ । यतिबेला मोरङका एसपी जर्नादन जिसिसहितको टोली घटनास्थलमा पुगेको छ ।

गत शुक्रवार एक १४ वर्षीय बालिकालाई घरमै पुगेर एक शिक्षकले दुर्व्यवहार गरेको भन्दै आज शिक्षा विकास मावि लेटाङ ५ खेरुवामा विद्यार्थी र पीडितका आफन्तले शिक्षा विकास माबीमा ढुंगामुढा गरेका थिए । प्रदर्शनकारीले दुर्व्यवहार गर्ने शिक्षकको मोटरसाइकल जलाउनुको साथै एउटा एम्बुलेन्स पनि तोडफोड गरेका छन् । घटनालाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको बताइएको छ ।
बिहान १० बजे देखि तनावग्रस्त बिद्यालय परिसर राति पौने ९ बजे नियन्त्रणमा आएको थियो ।

प्रहरी सुरक्षा बढाएर अश्रुुग्यास प्रहार गरी भीड नियन्त्रण गर्दै प्रहरीले बलात्कारको आरोप लागेका शिक्षक मनोज पौडेललाई बिद्यालयबाट प्रहरी कार्यालय लगेको छ । पौडेललाई घटनास्थलबाट लेटाङ ल्याउँदा समेत स्थानीयले लखेटी लखेटी प्रहरी माथि ढुङ्गा मुढा गरेका थिए । सो क्रममा केही प्रहरी उपरीक्षक प्रहरी घाइते भएको समेत बताइएको छ ।  एसपी जर्नादन जिसीसहित १८ जना प्रहरी घाईते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय