लेटाङ – नेकपा माओवादी केन्द्र लेटांग नगरको वडा नम्बर-१ खरबनी स्थित टोल बिकास समिति गठन सम्पन्न भएको छ। माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा नगर इन्चार्ज कृष्ण लम्साल ‘अनन्त’ को प्रमुख आतिथ्यता तथा जिल्ला कमिटि सदस्य मौसम लिम्बु, भुपेश लिम्बु, र नगर सचिब भवानी लिम्बुको बिसेष आतिथ्यतामा आइतबार टोल समिति गठन भएको हो।
आइतबार दिउसो खर्बनिको हवल्दार चोकमा माओवादी केन्द्र लेटांग नगर कमिटिको नेतृत्वमा एक औपचारिक कार्यक्रम गरी उक्त समिति गठन गरिएको हो।रमित लिम्बुको अध्यक्षतामा १ उपाध्यक्ष, १ महिला सचिब रहनेगरी १४ सदस्यीय समिति गठन गरिएको छ। करिब ३ घण्टा चलेको सो कार्यक्रममा स्थानीय जनताका जन गुसानो सहित अन्तरक्रियात्मक कार्यक्रम सहित साक्षात्कार गरिएको थियो।
टोल समिति गठन सहित साक्षात्कार एबम अन्तर्क्रियात्मक कार्यक्रममा स्थानीय जनताका माओवादी प्रतिको बुझाई र दृस्टी गुनासोहरु लाई मुख्य बिषय बस्तु मानि छलफल गरिएको थियो। उक्त छलफलमा माओवादी पार्टी प्रतिको चासो र गाउमा निस्क्रिय भइ कुनै भूमिकामा माओवादी पार्टी नदेखिदा निरास भई गाउका अधिकाक्ष व्यक्तिहरु अन्य पार्टीमा प्रबेस हुनु परेको सहभागीहरुले बताएका थिए।
“भने माओवादी पार्टीले अझै पनि केहि गर्छ भन्नेमा आफुहरु बिसस्त रहेको” सहभागी मध्येका एकजनाले भने। माओवाआदी पार्टी शान्तिपूर्ण राजनीतिमा फर्किए पछी गाउ गाउ नपस्दा र बिगतमा दिएका आस्वासन पुरा नहुदा आफुहरुले अन्य पार्टी रोज्नु परेको गुनासो समेत पोखेका थिए। गाउमा खाने पानि, बाटो घाटो र बिधुतिय प्रसारणका लागी आवस्यक ट्रान्समिटर नहुदा वडाबासीमा आक्रोस र निरास उनीहरुको अनुहारमा प्रस्ट देखिएको थियो ।वडाका जनप्रतीनिधिले समेत बिकासका काममा उपेक्षा गरेको समेत उनीहरुको आरोप थियो।
-कांग्रेसले बिजुलीको तार र पानीको पाइपमा राजनीति गर्छ।
माओवादी केन्द्र मोरंग जिल्ला समन्वय समिति सदस्य तथा संघीय निर्वाचन क्षेत्र १ “क” का संयोजक मौसम लिम्बुले नेपालि कांग्रेस बाट निर्वाचित जनप्रतिनिधिबिजुलीको पोल,तार र पानीको पाइपमा राजनीति अल्झाएको बताएको छन्। माओवादी केन्द्रको खरबनी टोल बिकास समितिलाई सुभकामना मन्तब्य राख्ने क्रममा लिम्बुले बताए।
कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले आफ्नो अनुकुल मात्र बजेट बिनियोजन गरेको उनको आरोप थियो। बिजुली बत्ति, बाटो र पानि पिउन पाउने सबै नेपालि नागरिकहरुको नैसर्गिक अधिकार हो। कसैले त्यसलाई बिकासको नाम दिन्छ भने त्यो भ्रम हो। “उनले भने” बिजुली बत्ति दिदैमा पानिको धारा ल्याई दिदैमा भोट माग्छ भने त्यो दलालीकारण हो। बिकास होइन दलाल हो। किनभने उसले पानि र बाटो बनाई दिए बापत भोट माग्छ भने दलाल गरेको हो।”उनले थपे”
माओवादीले त्यस्तो खालको पुजीबादी र दलाली राजनीति गर्दैन सामाजिकक न्याय सहित समृद्धि र समुन्नत समाजको बिकास चाहेको बताए। बिगतमा पार्टी पंती र नेतृत्व बाट बिना सुझबुझ भएको गल्ति आफुहरुले स्वीकारेर समिक्षा सहित अबको कार्यदिसा समाजबाद उन्मुख रहेको दाबि गरेका छन्। समाजबादी कार्यदिसा सहित सभ्य समाजको निर्माण गर्दै माओवादी गाउ-गाउ पस्दै छ। यो अभियानमा जनताले साथ् दिए नगर भित्र बृहत बिकासको सम्भावना अधिक रहेको र त्यसतर्फ अब माओवादी लम्किने बताए।
-माओवादीले गरेको त्रुटी सुधारेर बृहत पार्टी निर्माणको अभियानमा लाग्छौ।
माओवादी केन्द्र प्रदेश कमिटि सदस्य तथा लेटांग नगर इन्चार्ज कृष्ण लम्साल “अनन्त” ले माओवादीले गरेका बिगतका कमि कमजोरीको आत्मा आलोचना गर्दै बृहत पार्टी निर्माणको अभियानमा माओवादी केन्द्र लेटांग होमिएको बताएका छन्। आइतबार गठित टोल समिति लाई सुभकामना दिदै स्थानीयहरू बाट उठेका जिज्ञासाको उत्तर दिने क्रममा लम्सालले बताएका हुन्।
मन्तब्यकै क्रममा १० बर्से जनयुद्ध कालमा आफुहरुले सरण लिएको गाउले माओवादीको ऐतिहासिक बिरासत बोकेको बताए। शान्तिपूर्ण राजनीतिमा माओवादी आएपछि आफुहरु सो स्थानमा आएर भेटघाट गर्न नसक्दा पार्टी संगठनमा आस्था बोकेका स्थानीयहरू भड्किएर अन्य पार्टीमा प्रबेस गरेको हुन् सक्ने स्वीकारेका छन्। युद्ध कालमा आफुहरुलाई जनताले लगाएको गुण बिर्सनु नहुने समेत बताए भने १ नम्बर वडामा जति बिकास हुन् पर्थ्यो त्यति नभएको पनि बताए।”उनले भने” चुनाबी अभियानमा मात्र माओवादी गाउ पस्दैन हरदम अब जनताकै साथमा नेता पनी हुने छन्।
गाउको बिकासमा माओवादी पार्टीले सक्ने भूमिका निर्वाह गरेर जनताको मन जित्ने तरिकाले अगाडी बढ्छ। कसै संग राजनीतिक प्रतिसोध छैन। नगर र गाउ बनाउने सवालमा मिलेर अगाडी बढ्ने सम्भावना रहेसम्म मिल्ने तर निषेधको राजनीति माओवादीले कसै संग गर्दैन। यद्दपी कसैले माओवादी लाई सक्नुपर्छ र ढाल्नुपर्छ भन्ने अहंकार गर्छ भने त्यस्ताहरु लाई समय सान्दर्भिक जवाफ दिन माओवादी सक्षम छ।”उनले थपे”
लम्सालले भूमिगत राजनीतिमा होमिदाको दिनलाई स्मरण गर्दै भने,माओवादीले यो व्यवस्था परिवर्तन गर्न जति त्याग र बलिदान गरेको छ। त्यो उपलब्धि लाई रक्षा गरेर लैजानु सबैको दावित्व हो। हिजो बन्दुकको शक्तिमा माओवादीले युद्ध गर्यो। अब बैचारिक युद्धको रुपमा उभिएर माओवादीको एजेन्डा र आन्दोलन लाई रक्षा गर्दै कार्यान्वयनको पक्षमा अघि बढ्ने छ।










