काठमाडौं- नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

लेखक तथा राजनीतिक विश्लेषक शंकर तिवारीद्वारा लिखित पुस्तक ‘कसले सुधार्छ कांग्रेस’ विमोचन कार्यक्रममा मंगलबार नेता थापाले यस्तो बताएका हुन् । यस क्रममा उनले कांग्रेस अब पनि नसुध्रिए समाप्त भएर जाने बताएका थिए ।

उनले पार्टी सकिए आफ्नो र पार्टीका ९ लाख कार्यकर्ताहरूको भविष्य पनि समाप्त हुने चिन्ता व्यक्त गरेका हुन् ।

नेता थापाले ९ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर लागेजस्तै नेपाली कांग्रेसको रुख चिन्हमा मत नहालेको मानिसलाईसमेत कांग्रेस सकिन्छ भन्ने आवश्यकता बोध गराउन सके मात्रै त्यसै विजयी बन्ने बताए ।

नेता थापाले चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै कांग्रेस सबल बन्ने उनको भनाइ थियो । ‘कसले बिगार्‍यो कांग्रेस भन्ने मात्रै होइन, कसले सुधार्छ कांग्रेस भन्ने मात्रै होइन, किन सुधार्ने कांग्रेस ? कांग्रेस सुध्रेन भने के हुन्छ ? सुध्रेन भने कांग्रेस सकिन्छ ।

कांग्रेस सकियो भने के हुन्छ ? सकियो भने म नेपाली कांग्रेसको कार्यकर्ता भएकोले गर्दा मेरो सबै कुरा पार्टीसँग छ । मलाई चिन्ता लाग्ने सबै कुरा मेरा कुरा भए । हामी ९ लाख पार्टीका कार्यकर्ताहरू छौं । हाम्रो पार्टी नै सकियो भने हाम्रो अस्तित्व जोडिएको कुराको नाश हुने कुरा हो,’ नेता थापाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय