लेटाङ- लेटाङ नगरपालिका वडा नम्बर -७ वाराङ्गिमा नेकपा माओवादी केन्द्र सम्बद्ध टोल समिति गठन सम्पन्न भएको छ।अमृत लिम्बुको अध्यक्षतामा ३१ सदस्यीय समिति रहनेगरी टोल बिकास समिति गठन भएको हो।
नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति तथा प्रदेश-१ “क”संघिय निर्वाचन क्षेत्रका सम्योजक मौसम लिम्बुको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्र लेटाङ नगर कमिटी सचिब भवानी लिम्बुको विशेष आतिथ्यतामा शुक्रबार टोल बिकास समिति गठन गरिएको हो।
स्थानीय तहको निर्वाचन लाई लक्षित गरि माओवादी केन्द्रको सर्कुलर अनुसार लेटाङ नगर कमिटीले पनि आफ्नो गतिविधि तिब्र रुपम बढाएको छ। भने नव गठित समितिले आगामी वैशाखमा हुन लागेको निर्वाचनमा माओवादी केन्द्रको नेतृत्व समेत गर्ने छ।
नव गठित टोल बिकास समिति लाई बधाई एबम सुभकामना मन्तव्य जिल्ला समन्वय समिति सदस्य मैसम लिम्बू र सचिब भवानी लिम्बुले दिएका थिए। लेटाङ -७ नम्बर वडाको सामाजिक र आर्थिक बिकासमा अब माओवादीले केन्द्रले अग्रणी भुमिका खेल्ने नेताहरुले वताएका छन।
“केही अराजक, सामन्ती प्रबृत्ति र चरम अवसरवादी ब्यक्तीहरुका कारण माओवादीको एजेन्डामा टेकेर माओवादी लाई हानिरहेका छन। जस्को नेतृत्वमा हिजो संघीयता, धर्म निरपेक्षता, समानुपातिक, समाबेशी जस्ता महत्त्वपूर्ण एजेन्डाहरु कार्यनयनका लागि हजारौं सहिदले प्राण आहुती दिए” आज उनिहरुकै अपमान हुनेगरी माओवादी लाई बाईपास गर्ने काम भइरहेको छ। त्यस्ता भ्रम चिर्न माओवादी गाउ-गाउँ पस्न जरुरी रहेको प्रमुख अतिथि लिम्बुले बताए।
लेटाङ-७ नम्बरको सवालमा माओवादीकै बलमा थुप्रै बिकासका काम भएका छन। तर हिजो माओवादी हु भन्दै झन्डा बोक्नेहरु आज पुजिबादी पार्टीमा लागेर हाम्रो बदनाम गरादै हिड्दै छन, यस्ता सामन्ती बिचार बोकेको केही अराजक झुन्डहरुले माओवादीको बदनाम गराए। अब यस्को जवाफ नव गठित टोल बिकास समितिले दिनुपर्छ। निग्रानी राख्नुपर्छ।”उनले भने”











