क्वालालम्पुर- मलेशियाको अध्यागमन विभागले ५ मार्च २०२२ मा सेनेई औद्योगिक क्षेत्र, जोहोरमा रहेको कारखानामा ओपिएस माहिर प्रवर्तन अपरेसन सञ्चालन गरेको थियो। बैधानिक श्रम स्वीकृति बिना विदेशी कामदारहरूलाई काममा लगाउने गरेको बिश्वास छ।

अध्यागमन महानिर्देशक दातो श्री खैरुल जैमी बिन दाउदको नेतृत्वमा मलेसियाको जोहर राज्य अध्यागमन विभागको इन्फोर्समेन्ट डिभिजनका ५२ जना अधिकारीको टोलीले करिब एक महिनासम्म गुप्तचरको आधारमा कारखानामा छापा मारेको हो। अभियान राति १०ः३० बजे सुरु भएको थियो। स्थानीयहरु बाट प्राप्त जानकारी अनुसार उक्त अभियान चलाएको बताईएको छ।

यस अपरेसनमा कुल १ सय ८५ विदेशी कामदारको चेकजाँच गरिएको थियो । निरीक्षणका क्रममा ३ म्यानमारका पुरुष, १६ नेपाली, ६४ भारतीय पुरुष, ३ बंगलादेशी पुरुष गरी ८६ जना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको थियो । ती सबै २० देखि ४० वर्ष उमेर समूहका छन्।

पहिचान गरिएका अपराधहरू मध्ये कुनै पनि पहिचान कागजात र अध्यागमन ऐन १९५९/६३ उल्लङ्घन गर्ने अन्य अपराधहरू लगायतका थिए। सबैलाई थप कारबाहीका लागि सेतिया ट्रोपिका अध्यागमन कार्यालय, जोहर बाहरूमा हिरासतमा राखिएको स्थानीय संचार माध्यमहरुले लेखेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय