
काठमाडौं – नेकपा माओवादी केन्द्रका काठमाडौं जिल्ला समन्वय सदस्य मिलन लामाले एमालेले आफूलाई राष्ट्रवादी पार्टी भएको भन्दै जनताको घाँटी रेट्ने गरेको आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा एक पोस्ट सेयर गर्दै उनले एमालेले पटक पटक संसद विघटन गर्ने र अहिले आएर जनताका आवाज मुखारित हुने स्थान संसदमा पनि अवरोध गर्दै जनताको घाँटी रेट्ने काम गरेको आरोप लगाएका छन् ।
नेता लामाले एमसीसी अनुमोदन गर्दा पनि एमालेले कुप्रचार गरेपनि व्याख्यात्मक घोषणालाई अमेरिकाले स्विकार गरेसंगै एमालेको राष्ट्रघाती छवी प्रष्ट भएको जनाएका हुन् ।
यस्तै, उनले एमाले सधै जनताको विपक्षमा उभिएको आरोप समेत लगाएका छन् ।
एमसीसीविरुद्ध माओवादी लगाएत पार्टीहरु सडक र सदनमा खरो उत्रिएकै आधरमा अहिले व्याख्यात्मक घोषणालाई अमेरिकाले स्विकार गर्ने वातावरण बनेको उनको जिकिर थियो ।