
काठमाडौंः बानेश्वरस्थित संघीय संसद् भवन अगाडि शंकास्पद बस्तु भेटिएको छ । संसद भवनको १ नम्बर गेट अगाडि शंकास्पद बस्तु भेटिएको प्रहरीले जनाएको छ। मोटरसाइकलमा आएका व्यक्तिले उक्त क्षेत्रमा झोला फालेर हिँडेको प्रहरीले जानकारी दिएको छ ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विभिन्न ६ वटा कम्युनिस्ट घटकहरुले नेपाल बन्दको आह्वान गरेका छन् । सोही समूहले उक्त वस्तु सडकमा राखेको अनुमान गरिएको छ । अहिले सो क्षेत्र भएर गुड्ने सवारी साधनलाई बैकल्पिक रुट प्रयोग गराइएको ट्राफिक प्रहरीले जनाएको छ ।