
विराटनगर / मोरङको लेटाङ नगरपालिका–८ ज्यामिरेकी १२ वर्षीया करुणा राईको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ ।
स्कूलबाट घर फर्किने क्रममा बुधबारदेखि हराएकी करुणाको विहान लेटाङ ८ लालहीरा सामुदायिक वनभित्र केराको झ्याङ भित्र मृतावस्थामा भेटिएकी उनको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जना वृद्ध पुरुषलाई पक्राउ गरेको छ । मृतकको शव नाङ्गो अवस्थामा भेटिएको छ ।
हत्यामा संलग्न ६३ वर्षीय दिपक गिरीलाई पक्राउ गरेको छ । पक्राउ परेका गिरीले बालिका हत्या गरेको स्थान उनको घरदेखि एक किलोमिटर दक्षिणमा पर्दछ । गिरीलाई प्रहरीले आज पक्राउ गरेको मोरङ प्रहरी प्रमुख एसपी जर्नादन जिसीले जानकारी दिए । गिरीले बुधबार पाँच बजे स्कूलबाट घर फर्किएकी करुणालाई बलात्कार गरेपछि हत्या गरेको स्वीकार गरेको एसपी जिसीले बताए ।
जाँते माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत करुणा विद्यालयबाट एक्लै घर फर्किने क्रममा गिरीले नियन्त्रणमा लिएर बलात्कार गरेका थिए ।
बलात्कारको घटना सार्वजनिक हुने डरका कारण गिरीले ढुङ्गाले हानेर उनको हत्या गरेका थिए । हत्यापछि शव एकान्त खोँचमा फ्यालेर माथिबाट ढुङ्गाले छोपिदिएको गिरीले स्वीकारेको जिसीले बताए । बालिकाले स्कुल जाँदा लगाएको पोसाक घरनजिक ल्याएर जलाएको पाइएपछि गिरीलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ थालेको थियो । तर जलाएको ठाउँमा स्कुलको छाप हानिएको बल्ट (पेटी) को कब्जा र जल्न बाँकी जुत्ताको भाग भेटिएपछि नियन्त्रणमा लिएर सोधपुछ गर्दा गिरीले घटना स्वीकार गरेको जिसीको भनाइ छ । प्रहरीले शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगेको छ भने गिरीविरुद्ध जबरजस्ती करणी र कर्तव्य ज्यान मुद्दा चलाउने भएको छ ।
‘अहिलेसम्मको प्रारम्भिक अनुसन्धानबाट गिरीको मात्र संलग्न देखिएको छ । थप अनुसन्धान भइरहेको छ ।’ पक्राउ परेका गिरीको एक महिना अगाडी श्रीमतीको मृत्यु गएको थियो । श्रीमतीको मृत्यु भएपछि उनी एक्लै बस्दै आएका थिए । खबर पुर्बांचल