विसुनदेव सरदार
लहान/८फाल्गुन- दलितहरु आर्थिक,राजनीतिक,साँस्कृतिक विभेदबाट प्रताडित छन। यो यथार्थ हो , कल्पना होइन । यसलाई स्वीकार नगर्नु विभेद र शोषणलाई संरक्षित गर्नु हो ।
नेपालको समृद्धिमा दलितको पीडा अवस्था यथावतै छ। सरकारले सुखी नेपाली समृद्ध नेपालीको नारा लगाएको देखिन्छ ।तर दलितमाथि हुने विभेद यथावतै छ। हामी नेपाली , हाम्रो नेपाल भाइचारा झै सम्बन्ध स्थापित हुनुपर्छ र राख्नु पर्छ यो तपाईंको जिम्मेवारी पनि हो ।
राजनीतिक क्षेत्रमा हेर्दा दलित अति नै पछाडि छन। किन पछि परेका छन दलित ? आर्थिक, सामाजिक , राजनीतिक वा पहिरणले । यसबारे नेपाली समाजमा दलितको स्थान र अधिकारको बहस फेरि उठाउनु पर्छ।
दलित माथि भइरहेको हिँसा नौलो होइन । धेरैजसो बहानामा दलितहरुमाथि चरम सामाजिक , साँस्कृतिक विभेद र यसको आधारमा भौतिक हिँसा भएकै देखिन्छ ।यस लेखमा दलितको अधिकारसँग जोडिएका केही बुदाँहरु राखेको छु।
१. आर्थिक विकास , शिक्षा , पहिरण, र आधुनिकताले दलितमाथि हुने विभेद हटाउँछ,तर यसकालागि समय लाग्छ ।जातीय र नश्लीय विभेद विद्यमान रहेका ठाउँमा दलित यसरी पछि रहेने स्वभाविक हो ।
जातीय विभेदको अन्त्य हुनुपर्छ भने कसको चासो ?
विभेद र हिंसाबाट प्रताडित समुहले यसविरुद्ध आवाज उठाएकै छ। दलितहरुले जातिवाद , समुदायमा पारेका नाकारात्मक प्रभावको सशक्त प्रतिरोध गरेकै देखिन्छ ।
दलित माथि हुने विभेद र हिंसाको अन्त्यकालागि दलित आन्दोलन सार्थक र सफल भएको छैन्न। दलितका माँग र मुद्दा जस्ताको त्यसतै छ।
जातीय विभेद हटाउनु कुरा मानवीयतासँग जोडिएका हुन्छ ।
नेपालको समग्र विकास सुरक्षा र समृद्धिसँग जोडिएको विषय हो ।
दलितमाथिको विभेद अन्त्य र हिंसा न्युनिकरण चेतनाको विकासबाट मात्र सम्भव छैन । यसका लागि गोष्ठी , तालिम , पर्चा , पम्पलेट , सचेतनाका संदेश आदि पर्याप्त छैन्न। यसका निम्ति दलितलाई राजनीतिक र आर्थिक रुपमा सबल ठोस पहलकदमी हुनु आवश्यक देखिन्छ ।
यो सँगै जातीय भेदभाव र यसमा आधारित हिंसाको विकराल नेपालमा पनि छ।
शिक्षा ,आर्थिक विकास , सुचाना प्रविधि , जीवनस्तर सुधार लगायतका क्षेत्रबाट नेपालले उप्लब्धिमा सुधार र परिवर्तन ल्याउन सकेका छैन ।
बरु यसको विपरीत दलित विरुद्ध हुने हिंसा र विभेद , भेदभावका घटना बढिरहेको देखिन्छ ।
दलित समुहको विपन्नता र गरिबी बढ्दो देखिन्छ । उसको मुल कारण हो , राज्य संरचनामा सार्थक परिवर्तन नआउनु हो । यसका निम्ति नीतिगत र संरचनागत परिवर्तन हुन जरुरी देखिन्छ ।
शिक्षा र चेतनाको अभाव रहेका ग्रामीण क्षेत्रमात्र होइन । सहरी क्षेत्रमा पनि दलितहरुकालागि यथेष्ट एवंम उपयुक्त ठाउँ छैन ।अन्तरजातीय विवाहको कुरा
के गर्ने ? नेपालका ठुलठुल्ला शहरहरुमा उच्च जातका मानिसहरु दलितलाई घर बहालमा दिन तयार हुदैन ।
यस परिस्थितिले जातीय भेदभाव रहित समाज निर्माणमा शिक्षा , चेतना र आधुनिकतामात्र पर्याप्त छैन्न भन्ने स्पष्ट देखाउँछ । दलितलाई पनि अवसरवादी हुन तर्फ अभिप्रेरित गरिदिनु पर्ने देखिन्छ । छुवाछूत र भेदभाव रहित समाज निर्माणमा लाग्नु पर्छ।








