सिराहा १२ विनोद मण्डल । सिराहा जिल्लाको प्रमुख शहरको रूपमा रहेको लहानलाई विक्रम सम्वत २०३२ सालमा नगरपालिका बनाइयो ।
लहान नगरपालिका प्रदेश नं २ को पूर्व पश्चिम राजमार्गसंगै जोडिएको प्रमुख बाणिज्य केन्द्र भएको शहर हो ।
तत्कालीन अवस्थामा लाहान बजार ,लाहान गोठ र मटीयर्वा लगायतका गाउँ पञ्चायतलाई मिलाएर लहान नगरपालिका बनाइएको थियो । यसको पूर्वमा बलान नदी , पक्षिम्मा धनगढीमाई नगरपालिकाको सरस्वती नदी उत्तरमा उदयपुर जिल्ला र दक्षिणमा सखुवा ननकारकट्टी रहेको छ ।
लहानमा माडवारी ,थारु ,गुप्ता ,यादव , धानुक ,पण्डित ,कोइरी आदि जात जाति बसोबास गरिरहेका छन् ।
लहान नगरपालिका को करिब ५ किलोमीटर पछिममा राजा सलहेसको फूलवारी रहेको छ जहाँ प्रतेक बैशाख १ गते मेला लाग्ने गर्दछ । त्यसैगरी दक्षिणमा ब्रह्मामान गोडछारी र उत्तरमा बाशाजोरी पाकडिया गड , माणिक दह , ढोडना थान मुख्य पर्यटकीय क्षेत्र मानिन्छ ।
लहानमा प्राविधिक शिक्षालय , लहान क्यम्पस , चौधरी आँखा अस्पताल लगायत प्रशासनिक कार्यालयहरू रहेका छन् ।
कुल १६७.१७ वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको लहान नगरपालिका मा २४ वडाहरू रहेका छन् भने गाढा ,गोविन्दपुर ,बस्तीपुर , मलहनमा लगायतको गाविसलाई समहित गरेर लाहान नगरपालिका बनाइएको हो ।
आधुनिकता सँगै लाहान नगरपालिका को विकास तीव्र गतिमा हाललाई बढेको देखिँदैन ।








