
विनोद मण्डल पुस १२- खास गरी जाडो मौषममा तराईका अधिकांश जिल्लामा वर्षा याममा हुने दाउराको कमीलाई पूरा गर्नका लागि मानिसहरूले गोबरबाट तयार गरिने गुइठा अर्थात् गोरहा बनाउने चलन रहेको छ ।
गोराहा मंसिर देखि बैशाख सम्म बनाएर सुकेको गुईठालाई पुन घरमा राखिन्छ र त्यसले इन्धनको रूपमा खाना पकाउन प्रयोग गरिन्छ तर आजभोलि सिरहाका पक्की सडकहरूमा गोबर थुपार्ने कार्य तीब्र रुपमा अगाडि बढिरहेको छ ।
बिहान बेलुका गोठबाट निकालिएको गोबरलाई पक्की सडकमा थुपर्दा त्यसले सडक फुट्ने र खतरा निम्तिने जोखिम हुँदा हुँदै पनि स्थानिय जनतामा चेतनाको अभावको कारणले लाखौं खर्च गरेर बनाइएको सडकको मूल्य नबुझ्ने जनतालाई सडक निर्माण गर्नु अघि चेतना मुलक कार्यक्रम सञ्चालन गर्नुपर्ने एकातिर आवस्यक छ भने अर्कोतिर सडक अवरुद्ध हुने गरी गोबर राख्नेलाई कानुनी कारवाही अगाडि बढाउनु आजको आवश्यकता रहेको छ ।