बिनोद निगम /११ पुष / नवलपरासी
जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुस्मा बस्ने अब्दुल रहेमान, सोहि स्थान बस्ने विवेक पाण्डे र सुनवल नगरपालिका वडा नं. १ सोमनाथ बस्ने कृष्ण बहादुर पाण्डे रहेका छन् ।
जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पाल्हिनन्दन गाउँपालिका वडा नम्बर ३ कुस्माबाट पक्राउ गरेको जनाएको छ ।श्रोतका अनुसार तिनै जनालाई शंका लागि चेकजाँच गर्दा निजहरुको साथबाट स्पास्मो १सय ७४ क्याप्सुल, नाईट्रोभेट १९ ट्याब्लेट र कोडिन ३ बोतल लागु औषध फेला परेको थियोे । पक्राउ परेका ३ जनालाइ लागुऔषध मुद्धामा मुद्धा दर्ता गरी लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले बताउनु भएको छ ।








