विराटनगर- नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) प्रदेश १ अध्यक्षमा हर्कबहादुर नेम्वाङ ‘मिक्सो’ विजयी भएका छन्। सहमतिबाट नेतृत्व छान्ने प्रयास असफल भएपछि बुधबार अबेर भएको चुनावबाट उनी अध्यक्ष निर्वाचित भएका हुन्।

धरानका मुक्साहाङ मेन्याङबोलाई पराजित गर्दै नेम्वाङ १६९ मत पाएर अध्यक्षमा निर्वाचित भएका हुन्। प्रतिस्पर्धी मेन्याङबोले ६४ मतमात्र प्राप्त गरे। आठ जना उम्मेद्वारले प्रतिस्पर्धा गरेको तीन उपाध्यक्षमा शिबकुमार डाँगी, मणिकुमार साम्पांङग र देवान चामलिङग निर्वाचित भए। दुई जनाले प्रतिस्पर्धा गरेको सचिव पदमा गणेश उप्रेती विजयी भए।

तेह्र जनाले प्रतिस्पर्धा गरेको सहसचिव पदमा कुमारी राई, ऋषिराम ढुंगाना र सागर किराती विजयी भएका छन्। चार जनाले प्रतिस्पर्धा गरेको कोषाध्यक्ष पदमा रेवतिराज पुरी निर्वाचित भएका छन्। कार्यसमितिमा सर्वसम्मत चयन भएका एक सय ५९ जना सदस्य मतदातामध्ये जम्मा १ सय ४० जनाले मतदान गरेका थिए।

१९ जना मतदान गर्न आएनन्। नौ जना पदाधिकारीका लागि २९ जनाको उम्मेद्वारी परेको थियो। माओवादी पार्टीको विधान अनुसार पहिले कार्यसमिति चयन गरिन्छ। त्यसपछि चयन भएको कार्यसमितिले पदाधिकारी निर्वाचित गर्दछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय