बिनोद मण्डल पुस-६, सिराहाको लहानमा नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को पुर्व समिक्षा बैठक सम्पन्न भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र ( इनसेक ) को आयोजना तथा मानबअधिकार संरक्षण केन्द्र संजाल लाहान सिराहाको सहकार्यमा आयोजित समिक्षा बैठकमा संजालकी सचिब सर्मिला निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि लहान नगरपालिकाकी उपप्रमुख सरियार चौधरी अतिथिहरु इलाका प्रहरी कार्यालय लाहानको डि एस पी डाक्टर तपन दाहाल , ईलाका प्रसासन कार्यालय लाहानका नासु सुरेस बराल लगायत जिल्लाका मानबअधिकार कर्मी र पत्रकार हरुको सहभागितामा भएको कार्यक्रममा एक आर्थिक बर्ष भित्र जिल्ला भरि भएको आपराधिक महिला संग सन्बन्धित घटनाको बारेमा समिक्षा गरिएको थियो।
कार्यक्रममा १७ वटा पालिकाको २०७७ पुष महिना देखि २०७८ मन्शिर महिना सम्मको मानवअधिकार उलङ्घनका घटनाको छोटो विवरण प्रस्तुत गरिको थियो . समिक्षा बैठकमा बोल्दै डि एस पी तपन दाहालले वर्ष पुस्तकले समाजमा बढिरहेको आपराधिक घटनाको बारेमा आम जनतामा बेलामा जानकारी गराउनमा ठुलो भूमिका रहने बताउनु भएको छ भने अधिकानश बक्ताले बोल्ने क्रम मा पुस्तकको सकारात्मक प्रभाव सामाजमा पर्ने बिचार राखेका थिए।
कार्यक्रमबाट आएका सुझाबलाई आफुले सकारात्मक रुपमा लिएको इनसेक जिल्ला प्रतिनिधि दुर्गा परियारले बताउनु भएको छ।








