
क्वालालम्पुर- गैर आवासीय नेपाली संघ, मलेशिया र नेपाली राजदूतावास मलेशियाको समन्वयमा मृगौला पीडित अमर बहादुर दर्जीको उद्दार गरेको छ। अर्घाखाँची जिल्ला, सितगंगा गाउपालिका वडा नं.१२ निवासी अमर बहादुर दर्जी रोजगारीका लागि ८ बर्ष अघी रोजगारीको सिलसिलामा मलेशिया आएका थिए।
ट्यालेन्ट इनटरनेशल प्राइभेट लिमिटेड मार्फत लेजर रिसोर्स एसडिएन. बिएचडीमा मलेशिया आएका दर्जिको मृगौला फेल भइ काम गर्न नसक्ने अवस्थामा थिए। मलेशिया आउनुपूर्व म्यानपावर कम्पनी र रोजगारदाताले गरेको सम्झौता अनुसार काम र तलब सुविधा नभएपछि बाध्य भएर अबैद्यानिक भइ मलेशियाको केडाह (लङकावी) भन्ने स्थानमा काम गरिरहेका थिए ।
गत बर्ष देखि शुरु भएको कोभिड-१९ को महामारीसंगै दर्जी लाई पेट दुख्ने समस्या शुरु भयो । हाल काम गरीरहेको रोजगारदाताले स्थानीय अस्पतालमा सामान्य चेक जाँच गर्दा मृगौलामा पत्थरी भएको देखिएको हो।
एक महिनासम्म अस्पताल भर्ना भई उपचार गर्दा रोग निको नभएपछी थप उपचारका लागी नेपाल फर्कन आर्थिक अभाव भएपछि सहयोगको लागी नेपाली राजदूतावास मलेशिया र गैर आवासीय नेपाली संघ मलेशियालाई संयूक्त रुपमा निबेदन दिएका थिए।
दर्जीको निबेदनको आधारमा नेपाली राजदूतावासले केडाह (लङकावी) देखि क्वालालम्पुर सम्म आउन यात्रा अनुमति पत्र र नेपाल र्फकनका लागि निःशुल्क ट्राभल डकुमेन्ट दूतावासले उपलब्ध गराएको थियो । भने गैर आवासीय नेपाली संघ, मलेशियाले दर्जीलाई हवाई टिकट, मलेशिया अध्यागमनको जरिवाना, कोभिड परिक्षण (पिसिआर) परिक्षणमा लागेको शुल्क सहयोग गरेको नेपाली राजदुतावास मलेसियाका जनसम्पर्क अधिकृत टेक बहादुर बुढाले जानकारी दिनु भएको हो।