काठमाडौं – जिल्ला प्रशासन कार्यालय काठमाडौंले राती ९ बजेसम्म मात्र देउसीभैलो खेल्न अनुरोध गरेको छ । आज काठमाडौंले विज्ञप्ति जारी गर्दै कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दैै देउसी खेल्न पाइने तर देउसी खेल्ने समय राती ९ बजेसम्म मात्र भएको सूचना जारी गरेको छ ।
प्रशासनले पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशिल पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत अनुरोध गरेको छ ।
विज्ञप्ति :