काठमाडौं-  नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भोलिमसम्म राजीनामा दिन भनेका छन।

जबराको राजीनामा माग गर्दै तीन दिने आन्दोलनका कार्यक्रम तय गरेको बारले उनलाई यसअघि नै राजीनामाका लागि भोलिसम्मको अल्टिमेटम दिइसकेको छ।

बार प्रांगणमा तेस्रो दिनको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले भोलिसम्म राजीनामा नदिए सडक आन्दोलनमा जाने चेतावनी दिएका हुन।

‘न्याय अवरुद्ध र विचलनमा छ। यो काम प्रधान्यायाधीशले गर्नु भएको छ। उहाँले तत्काल राजीनामा दिनुपर्छु, श्रेष्ठले भने, ‘न्यायापालिकालाई विवादित बनाउने काम प्रधानन्यायाधीशले गर्नु भयो। भोलिको कार्यक्रमपछि हामी सडकमा आउँछौं। त्यो अवस्थामा सम्मानपूर्वक के हुन्छ ?’

उनले जबरा जति न्यायालयको नेतृत्वमा बसे उति नै न्याय क्षेत्र धरासायी बन्ने समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय