चैनपुर-  संखुवासभामा ६ जनाको सामूहिक हत्याकाण्डमा संलग्नको आशंकामा प्रहरीले आरोपी लोकबहादुरका भाइलार्ई पनि नियन्त्रणमा लिएको छ ।

अनुसन्धानका क्रममा मुख्य आरोपी लोकबहादुरका भाइ नरेशमाथि सोधपुछ गर्नुपर्ने देखिएपछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय चैनपुरले जनाएको छ ।

लोकबहादुरले ६ जनाको हत्या गर्दा उनी पनि घटनास्थल आसपासमै रहेको हुनसक्ने प्रहरी अनुमान छ ।मृतक ६ जना मध्ये एक जनाको मोबाइल लोकबहादुरको घरबाट बरामद भएको छ ।

२१ भदौ गते संखुवासभाको मादीमा ८४ वर्षीय पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, ५२ वर्षीया कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाती ११ वर्षीय दिपेन र नातिनी ७ वर्षीया गोमाको शव क्षतविक्षेत अवस्थामा भेटिएको थियो ।

पक्राउ परेका लोकबहादुरले आफूलाई हेला गर्ने गरेका कारण चिर्पट प्रहार गरेर तेजबहादुरसहित घरका सबैको हत्या गरेको साबिती बयान दिइसकेका छन् ।

प्रहरीले घटनाबारे विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय