क्वालालम्पुर ,मलेसिया

मगर भेषभूषा, भाषा, लिपि, धर्म, संस्कार, संस्कृतिको संरक्षण एवम् विश्वभरि छरिएर बसेका मगरहरूको एकता अहिलेको आवश्यकता” भन्ने मूल नारा संगै नेपाल मगर संघ केन्द्रीय समिति मलेसियाको नवौं महाधिवेशन  साथै आउदै गरेको मगर दिवश २०८२ को पनि शुभकामना आदानप्रदान कार्यक्रम हुने  पक्का भएको  छ।
मलेसियाको राजधानी क्वालालम्पुर स्थित  wisma eagle eye Jalan tun h.s. lee(Ime bank को माथिल्लो तलामा) दिउँसोको १२ बजेबाट सुरु हुनेछ।
लामो समयदेखि मलेसियामा दुख पिडामा रहेका प्रवासी नेपाली साथै विपदमा परेका नेपालका परिवारहरुको पनि सारथि बनेर समस्यामा परेकाहरुको उद्वारमा क्रियाशील भूमिका निर्वाह गरिरहेको मगर संघ मलेसियाको नवौं महाधिवेशन भव्य हुने आलंकन गरिएको छ।
महाधिवेशनको प्रमुख अतिथिमा नेपाल मगर संघ केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र पुन मगर रहनुहुने बताइएको छ। साथै चर्चित पार्श्व गायिका रेश्मा पुन मगर,भ्वाइस अफ नेपालका प्रतिस्पर्धी नितु पुन मगर त्यस्तै सुपरहित चलचित्र “दिलसरा” निर्माता तथा मगर चलचित्र निर्देशक हर्क आले मगरको उपस्थितिले कार्यक्रममा आउनुहुने दर्शकहरु लाई भरपुर मनोरञ्जन प्रदान गरिने बताउनु भयो।
कार्यक्रम भव्य र सभ्य बनाउनका निमित्त सम्पूर्ण मगर समुदाय तथा गैर मगर दाजुभाइ तथा दिदीबहिनीहरू,विभिन्न संघ–संस्था, बुद्धिजीवी, समाजसेवी साथै शुभेच्छुक महानुभावहरूलाई गरिमामय उपस्थितिका लागि अध्यक्ष पुश्मिता ठाडा मगरले निमन्त्रणा समेत गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय