क्वालालम्पुर- दक्षिणी थाइल्याण्डको हट एइ क्षेत्रमा अविरल वर्षापछि उत्पन्न भीषण डुबानले जनजीवन पूर्ण रूपमा अस्तव्यस्त बनेपछि नेपाली दूतावास तथा गैर आवासीय नेपाली संघ (NRNA) थाइल्याण्डले संयुक्त रूपमा प्रभावित स्थानीय बासिन्दालाई राहत सामग्री वितरण गरेका छ।

लगातार परेको अविरल वर्षाले धेरै क्षेत्र जलमग्न बनेपछि आपतकालीन सेवा तथा उद्धार टोलीले प्रभावित क्षेत्रको अवलोकन गरी तत्काल आवश्यक सामग्री वितरण गरेको हो।

डुबानका कारण ठूलो क्षति भएको क्वालाङ नगरपालिका क्षेत्रको स्थानीय सरकारसँग समन्वय गर्दै NRNA थाइल्याण्डका ICC सदस्य भविन्द्र बस्नेत, अध्यक्ष महेन्द्र श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष कान्छा गुरुङ (गाबो), उपाध्यक्ष राजु बलामी, उपाध्यक्ष सरसिङ गुरुङ, सचिव राजबहादुर साउँद लगायतका प्रतिनिधिहरूले दैनिक उपभोग्य वस्तु, खानेपानी, खाना, स्वास्थ्य सामग्री तथा सरसफाइका सामग्रीहरू हस्तान्तरण गरिएको छ।

नगरपालिका पूर्ण रूपमा जलमग्न भई खानेपानी तथा सरसफाइमा गम्भीर चुनौती आइरहेका बेला प्रवासी नेपाली समुदायबाट प्राप्त सहयोगप्रति स्थानीय प्रशासनले कृतज्ञता व्यक्त गरेको छ।

गैर आवासीय नेपाली संघ थाइल्याण्डले भूकम्प, बाढी–पहिरो तथा अन्य संकटका समयमा जस्तै यसपटक पनि दूतावाससँग समन्वय गर्दै प्रभावित परिवारहरूको सुरक्षालाई प्राथमिकता दिएको जनाएको छ। साथै, आवश्यक परे थप सहयोग तथा स्वयंसेवक परिचालनका लागि तयारी पूरा गरिएको संघले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय