
काठमाडौं /नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मलेसिया समितिले पत्रकारद्वय सपना थामी र ज्ञानेन्द्र तामाङलाई २६औं फोनिज स्थापना दिवसको अवसरमा काठमाडौंमा भएको केन्द्रीय कार्यक्रम “फोनिज राष्ट्रिय अवार्ड २०७८” मार्फत पुरस्कृत गरिएको छ।
“समृद्धिको आधार : पूर्ण समावेशी सञ्चार” भन्ने नाराका साथ फोनिज मलेसियाले प्रत्येक वर्ष सक्रिय पत्रकारहरूको योगदानको कदरस्वरूप पुरस्कार वितरण गर्दै आएको छ।
सम्मानित दुवै पत्रकारहरू आ-आफ्नो समुदाय को हक अधिकारको विषयमा खबर संकलन, आवाज उठाउने र डिजिटल पत्रकारितामार्फत योगदान दिँदै आइरहेका छन्।
फोनिज मलेसिया समितिले हार्दिक बधाई ज्ञापन गर्दै पत्रकारिताको माध्यमबाट समाज परिवर्तनमा योगदान पुर्याउने कार्यमा थप सफलता र हौसला मिलोस् भन्ने शुभेच्छा प्रकट गरेको छ।
गत वर्षदेखि मलेसिया शाखाले मुलुकभरका उत्कृष्ट एक अल्पसंख्यक र एक आदिवासीजनजाति गरि दुई पत्रकारलाई “फोनिज मलेसिया पुरस्कार” वितरण गर्दै आएको छ।