लेटाङ, मोरङ — मंगोल नेसनल अर्गनाइजेसन (MNO) लेटाङ नगरपालिका वडा नम्बर-८ समितिको दोस्रो अधिवेशन शुक्रबार एक समारोहका बीच सम्पन्न भएको छ। कार्यक्रमको सभापतित्व ओम प्रकाश लिम्बूले गरेका थिए भने प्रमुख अतिथिका रूपमा सुरज लिम्बूको उपस्थिति रहेको थियो। मंगोल नेसनल अर्गनाइजेसनका सस्थापक डा.गोपाल गुरुङ्को तस्बिरमा पुष्पगुच्छा अर्पण र ममबती बालेर कार्यक्रमको उद्घाटन गरिएको थियो। अधिवेशनमा स्थानीय अगुवा, संगठनका सदस्यहरू, शुभेच्छुक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
अधिबेशनले गणेश लिम्बुको अध्यक्षतामा २४ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ। साथै, सभामा संगठनले आगामी दिनहरूमा मंगोल समुदायको हक–अधिकार, पहिचान, शिक्षा तथा सामाजिक चेतनाका लागि अझ सशक्त रूपमा अघि बढ्ने प्रतिवद्धता जनाएको छ।
यसैगरी कार्यक्रममा आगन्तुक अतिथिहरुले नवनिर्वाचित समितिलाई कार्यकाल सफल्ताको सुभकामना दिएका थिए। कार्यक्रमका विशिष्ट अतिथि कोशी प्रान्तीय सभा सदस्य शर्मिला लिम्बुले महिलाहरु चुला चौका मात्र सिमित नभएर अब राजनीतिक चेतनालाई पनि अगाडि बढाउन आग्रह गरिन। राजनीतिक चेतनाको कमि हुदा मुलबासी मंगोलहरु सधै अरुको दास र हलि गोठालो बनेर आफुलाई पछाडी धकेलिरहेको उनले बताईन। मन्तव्यको क्रममा उनले भनिन” कहिलेसम्म दबिएर बस्ने आदिवासी जनजाति भनेर मुलवासीहरुलाई राज्यबाट उपनाम भिराउने काम भएको छ।” वास्तवमा हामी आदिवासी हैन, खस आर्यहरु आदिवासी हुन।
विशेष अतिथि रहेका मोरङ जिल्ला अधिबेशन संयोजक धनराज लिम्बुले नेपालको राजनीतिक पृष्ठभुमि र खस आर्य शासकहरुले गरेको राज्यसत्ता संचालनको बिषयलाई औल्याएका थिए । “लिम्बुले भने” परिवर्तन गर्नुपर्छ भने आफैबाट शुरूवात गर्नुपर्छ। खस आर्यको जब सम्म दबदबा रहन्छ तब सम्म मुलबासिहरु कहिले अगाडि बढन सक्दैन, त्यसैले अब मंगोल नेसनल अर्गनाइजेसनको नीति र सिद्धान्त अनुसार अगाडि बढ्नुपर्छ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि सुरज लिम्बूले समाजमा मंगोल समुदायको भूमिका, एकता र सचेतनाको आवश्यकता सम्बन्धी मन्तव्य राखेका थिए। उनले भने “बिज्ञान र प्रबिधिको जमानामा भगवान प्रती हैन बिज्ञान प्रती भरोसा राख्नुपर्छ”। हामी सधै पुजापाठमा व्यस्त भयौ राजनीतिक चेतनाको बिकाश गर्न सकेनौ त्यसैले पछि परेका हौ। भौतिक बिकाशले मात्र मुलुक समृद्ध बन्न सक्दैन चेतना स्तर बदल्नुपर्छ।
अब पनि सधै एमाले,काङ्ग्रेस र माओवादीको पछि लाग्ने हो र एक चोक्टा मासु र रक्सिमा भोट बेच्ने हो भने मुलबासी मंगोलहरुको अधिकारको सुनिस्चित गर्न सकिँदैन त्यसैले आउदो ८४ को चुनाबमा मत बदल्न जरुरी छ। यस्तै कार्यक्रममा सहभागी भएका पथरी,शुनबर्सी, मिक्लाजुङ र केराबारीका संगठन प्रमुखहरुले शुभकामना मन्तव्य राखेका थिए।










